बुद्ध वृद्धाश्रम निर्माण धमाधम, सहयोग जुटाउंदै फाउण्डेसन


लन्डन । बुद्ध फाउण्डेशन यूकेले कपिलवस्तुमा निर्माण गरिरहेको बुद्ध वृद्धाश्रम तीव्र रुपमा अगाडि बढेको छ । कपिलवस्तु समाज यूकेको सहकार्य तथा एनआरएनए यूके र बुद्ध फाउन्डेशन नेपालको सक्रिय सहयोग तथा मातहतमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तुमा १४ कोठाको वृद्धाश्रम भवन बनाइंदैछ ।

बुद्ध फाउण्डेशन यूकेले निर्माण कार्य द्रुत गतिमा अगाडि 
बढिरहेको जनाउंदै उक्त महान कार्यमा सहयोग 
गर्ने सम्पूर्ण दाताहरुप्रति पुनः आभार व्यक्त गरेको छ ।

फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठले भवन निर्माणका लागि अझै आर्थिक सहयोग आवश्यक रहेको जनाउंदै विश्वमा रहेका सम्पूर्ण इच्छुक दाताहरुलाई सहयोग अपिल गरेका छन् । करिब एक करोड २५ लाख रुपैयांको अनुमानित लागतमा निर्माण गर्न लागिएको उक्त वृद्धाश्रम सम्पन्न गर्न चुनौति रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यस पूण्यकर्ममा विश्वभरका नेपालीको साथ अपेक्षा गरेका छन् । ‘वाध्यता वा परिस्थितिले हामी विदेशमा बसेपनि मातृभूमिमा रहनुभएका वृद्ध वृद्धा बा आमाको रेखदेख हाम्रो प्रमुख दायित्व हो । जति सकिन्छ आर्थिक सहयोग गरेर भवन बनाउन सकियो भने त्यो जस्तो ठूलो पूण्य कर्म अरु हुनै सक्दैन’- श्रेष्ठले भने ।

सहयोग गर्न इच्छुकले इमेल- [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन् ।

Details for Deposit in UK-

KSUK

Barclays Bank

S/c:- 20-45-45

A/c No. – 33776360

Bank Details for Deposit in Nepal-

बुद्ध फाउन्डेशन नेपाल

राष्ट्रिय बाणिज्य बैंक

बाणगंगा, कपिलवस्तु

खाता नं.- 353000055501

वृद्धाश्रम निर्माणका लागि बुद्ध फाउन्डेशन नेपालका अध्यक्ष रवि राज ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति र सल्लाहकारहरुको कठोर परिश्रम र सहयोग रहेको भन्दै बुद्ध फाउन्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठले धन्यवाद व्यक्त गरे ।

यसैबीच, बुद्ध फाउण्डेशन यूकेले आगामी २५ फेब्रुअरीका दिन ब्ल्याकहिथ एभरेष्ट इनमा सल्लाहकारहरुको सम्मान तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ । साथै त्यसै दिन बुद्ध जयन्ती तयारीबारे बैठक समेत हुन लागेको फाउण्डेशनले जनाएको छ ।

संस्थाले आगामी ५ मेमा ट्राफलगर स्क्वायरमा भव्य रुपमा बुद्ध जयन्ती मनाउंदैछ । लन्डनस्थित नेपाली दूतावासले समेत उक्त कार्यक्रम गर्न पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री