काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याबिनेटमा चार नयाँ मन्त्री थपेर विस्तार गरेका छन् । सोमबार ओलीले एमालेबाट २ र माओवादी केन्द्रबाट २ मन्त्री थप्दै मन्त्रालय विस्तार गरेका हुन् ।
एमाले महासचिव ईश्वर पोखरेलले ओली क्याबिनेटमा रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि उनले अर्थमा रुची देखाएका थिए । तर, एमाले प्रभावशाली नेताहरुले आँखा लगाएको अर्थमन्त्रालयको जिम्मेवारी ओलीले राष्ट्र बैकका गर्भनर युवराज खतिवडालाई दिएका छन् ।
यस्तै, माओवादीबाट सरकारमा नेतृत्व गरेर गएका रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै मातृकाप्रसाद यादवलाई उधोग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ मन्त्रीहरुले सोमबार नै पदभार ग्रहण समेत गरेका छन् ।