३ नं प्रदेश व्यवस्थित शहरीकरणसहितको आधुनिक बनाइने

प्रदेश–३ को हेटौँडामा स्थापना गरिएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । तस्वीर – कृष्णराम परियार, हेटौँडा, रासस

नुवाकोट, १८ फागुन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुरुयोजना बनाएर व्यवस्थित शहरीकरणसहितको आधुनिक प्रदेशका रुपमा स्थापित गराइने बताउनुभएको छ । साँझ यहाँ आउनुभएका मुख्यमन्त्री पौडेलले विदुर नगरपालिकाको स्वागत स्वीकार्दै मुलकभरको ३ नं प्रदेशमा विकासका पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

मुलुकको विकास गर्न स्थानीय तह र प्रदेशबीचको सहकार्य राम्रो हुनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो । ‘अधिकारसम्पन्न प्रदेश र स्थानीय तहलाई केन्द्रले बढी अधिकार भयो भनिरहेको छ, यसलाई जोगाउन प्राप्त अधिकार कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्छ’- उहाँले भन्नुभयो ।

कार्यक्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले जनप्रतिनिधिलाई सम्मान र बधाई लिएर नहिँड्न निर्देशन दिनुभयो । मुख्यमन्त्री र मन्त्रीलाई विदुर नगरपालिकका प्रमुख सञ्जु पण्डितले नगरपालिकाभित्र सञ्चालित कार्यक्रम तथा भावी योजनाको जानकारी दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री