कांग्रेस नेता भट्टराईसंग अन्तरक्रिया अर्को साता सरयो

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाल विद्यार्थी युनियनका भूतपूर्व अध्यक्ष तथा कांग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराईसंग अर्को सातामात्र अन्तरक्रिया गर्ने भएको छ । आज आइतबार गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम प्रतिकुल मौसमका कारण आगामी १० मार्च २०१८ मध्यान्ह १२ बजेका लागि साउथ ह्यारोको गोल्डेनसिप रेस्टुराँमा सारिएको समितिले जनाएको छ ।

समितिले नेता भट्टराईसंग देशको समसामयिक राजनीति तथा प्रवासी नेपालीकाबारेमा अन्तरसंवाद गर्ने भएको हो ।

भट्टराई शनिबार लन्डन आइपुगेका छन् । उनलाई विमानस्थलमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, पूर्व सभापति लोक गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, बेलायतस्थित कांग्रेस नेताहरु विश्वआदर्श पण्डित, विजन भट्ट, चिरन्जिवी ढकाल लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री