मस्को, ५ चैत – रुसको राष्ट्रपतिमा पुनः निर्वाचित भएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६.६७ प्रतशत मत प्राप्त गर्नुभएको छ ।
आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उहाँ अत्यधिक बहुमतका साथ पुनः निर्वाचित हुनुभएको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार यहाँको निर्वाचनको मतमध्ये ९९.८ प्रतिशत गणना गरिसक्दा पुटिनले मात्र ७६.६७ प्रतिशत मत हात पार्नुभएको हो ।
यो उहाँका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी हो । उहाँका प्रतिद्वन्द्वीले १२ प्रतिशतमात्र मत प्राप्त गर्नुभएको छ ।
आइतबार सम्पन्न मतदानमा ६७ प्रतिशत मत खसेको थियो । यस मतसंख्यालाई पनि कममात्र मत खसेको भनी टिप्पणी गरिएको छ ।
उता विपक्षीहरुले भने उहाँको यो मत प्रतिशतलाई ‘अस्वाभाविक’ भनी टिप्पणी गरेका छन् । उनीहरुले यस मतप्रतिशतलाई राष्ट्रपतिले स्वच्छ निर्वाचनका माध्यमबाट प्राप्त नगरेको बताएका छन् ।
पुटिनले रुसलाई करिब दुई दशकदेखि नेतृत्व प्रदानगर्दै आउनुभएको छ । यो उहाँको चौथो कार्यकाल हो । उहाँले रुसलाई आगामी छ वर्ष नेतृत्व प्रदान गर्नुहुने छ ।