भरमा ज्वेलर्स अब नेपालीको स्वामित्वमा

लन्डन । विगत ३० वर्षदेखि प्लमस्टिड हाइस्ट्रिटमा सञ्चालन हुँदै गरेको भरमा ज्वेलर्स अब नेपालीको स्वामित्वमा सञ्चालन हुन थालेको छ ।

साउथ इष्ट लण्डनकी उद्यमी श्रीमती बानु गुरुङको लगानीमा गत शुक्रबारदेखि सो ज्वेलर्स सञ्चालनमा आएको हो । ज्वेलर्समा सुन तथा चांदीका गहना उपलव्ध छन् ।

श्रीमती गुरुङ क्रियटिभ रिक्रुटमेण्टकी पनि निर्देशक रहेकी छिन् भने ग्रीनीच रियल स्टेटमार्फत प्रोपर्टीमा पनि संलग्न छिन् ।

श्रीमती गुरुङ व्यवसायी मोहन गुरुङकी श्रीमती हुन् ।

शुक्रबार सो पसल शुभारम्भका अवसरमा स्थानीय व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री