बेलायतमा पूर्व एमाले–माओवादी एकताका लागि कार्यदल गठन

लण्डन । बेलायतमा पूर्व एमाले र एमाओवादी पार्टी एकताका लागि छ सदस्सीय कार्यदल गठन गरिएको छ । नेकपा केन्द्रीय सचिवालयको बैठकले गठन गरेको सो कार्यदलमा पूर्व माओवादीका तर्फबाट पूर्ण लोक्सम, सुरेश गौतम र रणबहादुर केसी तथा पूर्व एमालेका तर्फबाट राजेन्द्र पुडासैनी, विजयविक्रम लिङदेन र रामशरण सिंखडा रहेका छन् ।

लोक्सम पार्टी एकताअघि एमाओवादीका बेलायत इञ्चार्ज थिए भने केसी पार्टी अध्यक्ष र गौतम मोर्चाका अध्यक्ष थिए । यस्तै, पुडासैनी एमाले सम्वद्ध प्रवासी नेपाली मञ्चका अध्यक्ष हुन् भने लिङदेन महासचिव र सिंखडा पूर्व अध्यक्ष हुन् ।
कार्यदललाई एकता प्रक्रियासित सम्बन्धित कार्य अगाडि बढाउन निर्देशन दिइएको छ ।

साथै, सो कार्यदललाई एकीकृत कार्यसमितिका लागि १५ देखि ३५ सदस्सीय नामावली सिफारिस गर्ने, एकीकृत कार्यसमितिको अध्यक्ष र सचिवको नाम सहमतिबाट सिफारिस गरी केन्द्रमा पठाउने, एउटा नाममा सहमति हुन नसकेमा सम्भावित नाम पठाउन निर्देशन दिइएको छ ।

यसैगरी, भदौ महिनाभित्र एकता प्रक्रिया सकिसक्न र सदस्यहरुको अभिलेख अद्यावधिक गर्न पनि बताइएको छ ।
एकतापछि प्रवासमा रहने संस्थाको नाम प्रवासी नेपाली एकता मञ्च रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री