कोडेक यूकेको दशौं साधारणसभा


लन्डन । कोडेक यूकेको दशौं साधारणसभा शनिबार लन्डनमा सम्पन्न भएको छ । करिब ४८ जना सहभागी उक्त साधारणसभा अध्यक्ष शंकरप्रसाद दाहालको अध्यक्षतामा भएको हो । सभामा ब्रेन्ट काउन्सिल अल्पर्टन वार्ड काउन्सिलर भगवानजी चोहान प्रमुख अतिथी र अतिथी वार्ड काउन्सिलहरु जेम्स अली र श्रुती सिंघानियाको पनि सहभागिता थियो ।

सभामा डा. श्याम चन्दले स्वागत मन्तव्य दिए भने वार्षिक प्रतिवेदन सचिव टंक भट्टराईले प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा भट्टराईले सन् २०१८ मा कोडेक यूकेका सामाजिक तथा च्यारिटी गतिविधिहरुबारे प्रकाश पारेका थिए । उनले यस वर्ष संस्थाले गर्ने कार्यक्रमबारे पनि जानकारी दिए । कार्यकारी सदस्य विशेष गुरागाईंले तयार पारेको आर्थिक प्रतिवेदन पनि सचिव भट्टराईले नै प्रस्तुत गरे । सभाले प्रतिवेदनहरु सर्वसम्मत पारित गरयो ।

कार्यक्रममा प्रमुख अतिथी चोहानले कोडेक यूकेले दशक अवधिमा गरेका सामाजिक तथा च्यारिटेवल कार्यहरुको प्रशंसा गर्दै अझ नयां सोच र रचनात्मक ढंगले अघि बढ्न सुझाए । ब्रेन्ट काउन्सिल पूर्व मेयर चोहानले कोडेक यूकेको ‘मिसन संस्कृत’ नामक भावी प्रोजेक्टप्रति प्रेरित गर्दै आफ्नो सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । अतिथी वार्ड काउन्सिलर जेम्स अली र संस्थाका सल्लाहकार उमेश मोक्तानले यूकेको राजनीतिक सचेतना कार्यक्रम ल्याउन पनि सुझाव दिए ।

कार्यक्रममा सक्रिय सहभागी भएर कोडेक यूकेलाई विभिन्न माध्यमबाट सहयोग गर्ने दश जनालाई प्रशंसा पत्र प्रदान गरियो भने २१ जना नयां सदस्यहरुको घोषणा गर्दै उनीहरुलाई स्वागत गरिएको थियो ।

अध्यक्ष शंकर दाहालले सबैलाई धन्यवाद दिंदै थप सहयोग हुने विश्वास व्यक्त गरे । सो अवसरमा व्यवसायी सुस्मिता अर्याललाई क्याटरिंग उपलव्ध गराएकामा आभार व्यक्त गरियो । कार्यक्रम सञ्चालन सचिव टंक भट्टराईले गरेका थिए ।

तस्विर- सुशिल सिंह/नेपाली समाज यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री