कोलचेस्टरमा निशुल्क स्वास्थ्य जांच गर्दै नेपाली चिकित्सक र 
नर्सहरु

लन्डन । बेलायतस्थित नेपाली चिकित्सक र नर्सहरुले कोलचेस्टरमा निशुल्क स्वास्थ्य जांच तथा जागरुकता कार्यक्रम गर्ने तयारी गरेका छन् । नेपलिज डक्टर्स असोसिएसन यूके (एनडिए यूके) ले आगामी १६ फेब्रुअरी बिहान १० देखि अपरान्ह ४ बजेसम्म ‘स्वास्थ्य जागरुकता र परीक्षण’ कार्यक्रम गर्ने जनाएको छ । नेपाली चिकित्सकहरुलाई नेपलिज नर्सिङ असोसिएसन यूकेले पनि साथ दिनेछ भने कार्यक्रम आयोजनामा कोल्चेस्टर नेपाली समाजको सहकार्य हुनेछ ।

कोलचेस्टर र त्यस वरपर बस्ने नेपाली समुदायमा निशुल्क स्वास्थ्य परीक्षण, विभिन्न रोगबारे परामर्श र सचेतना कार्यक्रम गर्न लागिएको जनाउंदै एनडिए यूकेले सोबाट लाभ लिन सबैमा आव्हान गरेको छ ।

विशेषज्ञ डाक्टर र नर्सहरुको टोलीसंग भेटी आफ्नो स्वास्थ्य र रोगबारे सल्लाह लिन सकिने असोसिएसनले बताएको छ ।

उक्त शिविरमा नेपाली विशेषज्ञ, नेपाली दन्त सर्जन, जिपी डाक्टर र नेपाली नर्सहरुको टोलीले मधुमेह, उच्च रक्तचाप, क्यान्सर आदि जस्ता आमसमस्याहरुबारे छलफल, परीक्षण गरि सल्लाह प्रदान गर्ने छ ।

कार्यक्रमको शुरुमा एनडिए यूके अध्यक्ष डा. सविन जोशी, नेपलिज नर्सिङ असोसिएसन यूकेकी महासचिव रस्मितासिंह दर्लामी र कोल्चेस्टर नेपाली समाजका अध्यक्ष उदयबहादुर गुरुङ ‘एमबीइ’ ले स्वागत मन्तव्य दिनेछन् ।

त्यसपछि एनडिए यूके महासचिव एवं कन्सल्टेन्ट डा. कमल अर्यालले कार्यक्रमको उद्देश्य प्रकाश पारेपछि डा. संकल्प न्यौपानेले मधुमेह, डा. सुधीर लोहनीले फोक्सो/छाती समस्या, डा रेखा श्रेष्ठले दन्त रोग, डा. चुडा कार्कीले मानसिक स्वास्थ्य, डा. बिना सुब्बाले महिलामा क्यान्सर, इमर्जेन्सी परे के गर्ने भन्नेबारे डा. रमेश खोजु, एनएचएस र स्क्रीनिङ प्रोग्रामबारे डा. तासी गुरुङले प्रवचन दिनेछन् ।

त्यसैगरि नर्सहरुको टोलीले स्ट्रोकबारे, बिनु लामिछानेले डेन्टल हाइजिनबारे र डा. राघवप्रसाद धिताल (ओबिइ) ले कार्यक्रमको सारांशसहित समापन गर्ने तय भएको छ ।

पहिलो सेक्सनमा नेपलिज नर्सिङ असोसिएसन यूके टिमले ब्लड प्रेसर, उचाईं, वजन र ग्लुकोज लेभलआदिबारे परीक्षण गर्नेछन् ।
दश सेक्सनसम्म गरिने कार्यक्रम अन्तर्गत मानसिक रोग विशेषज्ञ डा. चुडा कार्की, न्यूरोसर्जन डा. सबिन जोशी, प्रज्वल घिमिरे, दन्त चिकित्सकहरु डा. रेखा श्रेष्ठ, ड प्रियस्मा गौचन, डा. क्रिस्टिना गौचन, छाती रोग विशेषज्ञहरु डा. सुधीर लोहनी, डा. रमेश खोजु, डा. मोहन थापा, मधुमेह र इन्डोक्रीन डाक्टर डा. संकल्प न्यौपाने, मुटु रोग विशेषज्ञ डा. मोहन थापा, युरोलोजिष्ट डा. पारस सिंहसंग पनि भेट्ने अवसर पाइनेछ ।

त्यसैगरि, डा. कमल अर्याल, डा. बिना सुब्बा, डा. सुवास तुलाचन, डा. रोजन केसी, डा. तासी गुरुङ, डा. सचिन गुरुङ, डा. सोन्या लिम्बु, डा. रचना राई पनि शिविरमा सहभागी हुनेछन् ।

नर्सिङ टिमबाट रस्मिता सिंह दर्लामी, रफी श्रेष्ठ, बिनु लामिछाने, 
रन्जना केसी अधिकारी, श्रीजा डंगोल, आशा गुरुङ, कविता खनाल, सरला राना, सृजना कोइराला र दीप्ता थापा सहभागी हुनेछन् ।

कार्यक्रम विवरण-

प्रतिक्रिया

सम्बन्धित सामाग्री