हाम्रो शरीर तन्दुरुस्त रहेमात्र मुटु पनि स्वास्थ्य रहन्छ । शारीरिक तन्दुरुस्त रहनको लागि हामीले क्रियाशील जीवन जिउनु पर्दछ । विभिन्न शारीरिक क्रियाकलाप जस्तै पौडी खेल्नु, व्यायाम गर्नु अथवा कुनै खेल खेल्नु र दैनिक क्रियाकलापहरू जस्तै हिड्ने, खेतमा काम गर्ने, भर्याङ चढ्ने आदि क्रियाकापहरु शरीर तन्दुरुस्तीका उर्जाहरु हुन् । शारीरिक क्रियाकलापले नै हृदयाघात हुने जोखिम आधा कम गर्दछ । विभिन्न किसिमका फाइदाहरु पाउन हामीले निरन्तर विभिन्न खाले शारीरिक क्रियाकलाप गर्नु उपयोगी हुन्छ ।
शारीरिक क्रियाकलापले ‘स्ट्रोक’ हुने सम्भावनालाई कम गर्दछ । यदि हृदयाघात भएकाहरू मध्ये जसले शारीरिक क्रियाकलाप गरेका छन्, उनीहरूको बाँच्ने सम्भावना बढी हुन्छ । स्वास्थ्यको अरु दुर्वल पक्षहरु पनि सुधार गर्न सकिन्छ । यसले हड्डी पातलो हुने जोखिमलाई कम गर्दछ र शरीर सुगठित र शक्तिशाली बनाउनेछ, चिन्ता दुर गर्दछ । गहिरो निद्रा पार्न र स्वस्थ्यकर वजन राख्न मद्दत गर्दछ । वृद्द मान्छेहरुलाई पनि स्वाबलम्बी हुन पनि मद्दत गर्दछ ।
जसले साइकल चलाउने, हिँड्ने जस्ता व्यायाम लगातार गर्छन्, यसबाट उनीहरूलाई निकै फाइदा हुन्छ । व्यायाम गर्दै नगर्नु भन्दा थोरै भए पनि गर्नु उत्तम हो । नाच्ने मानिसको पनि स्वास्थ्य राम्रो हुन्छ । व्यायाम सुरु गरे लगत्तै फाइदा थाहा पाउन पनि सकिन्छ । यदि तपाई जिम हल जानुहुन्छ भने र खेल खेल्ने या विशेष व्यायामका सामानहरू प्रयोग गर्नु हुन्छ भने यी सवै क्रियाकलापले तपाईलाई तन्दुरुस्त र क्रियाशील राख्न मद्दत गर्छन् ।
तर, शारीरिक क्रियाकलापबाट फाइदा उठाउन ‘जिम’ नै जानुपर्दछ भन्ने पनि होइन । हरेक दिन आफूलाई ठिक हुने क्रियाकलापहरु जस्तै सडकमा हिडेर, जगिंग गरेर, करेसाबारीमा काम गरेर पनि फाइदा पाउन सकिन्छ । जो लगातार शारीरिक क्रियाकलाप गर्छन्, उनीहरू भन्ने गर्छन कि यसले आत्मविश्वास बढाउनुको साथै सामाजिक रूपमा घुलमिल हुन सहयोग गर्छ ।
किन शारीरिक क्रियाकलाप मुटुको लागि राम्रो हुन्छ ?
शारीरिक तन्दुरुस्तीले कोरोनारी मुटुरोग लाग्नबाट बचाउन या साबधान हुन महत्त्वपूर्ण भूमिका खेल्छ :
१. शारीरिक क्रियाकलापले रक्तचापलाई कम गर्नुका साथै उच्च रक्तचाप हुनलाई रोक्दछ ।
उच्च रक्तचाप नै कोरोनरी मुटुरोगको मुख्य जोखिमको तत्व हो । १० जनामा ९ जनालाई एउटै कारणले उच्च रक्तचाप भने हुँदैन ।
धेरै मोटो या अत्यधिक मोटो हुनु, धेरै नुन खानु, धेरै मदिरा सेवन गर्नु र शारीरिक अचलता, यी अस्वस्थ्यकर जीवनशैलीका महत्त्वपूर्ण पक्ष हुन् । जसले गर्दा उच्च रक्तचापको जोखिम बढ्छ ।
सधै नियमित व्यायाम गर्ने, हिड्ने, साइकल चलाउने या नाच्ने गर्नाले उच्च रक्तचाप भएकोलाई कम गर्नुका साथै उच्च रक्तचाप हुनबाट पनि जोगाउन सक्छ ।
दैनिक शारीरिक क्रियाकलापले स्वस्थ्यकर वजन हुन महत्त्वपूर्ण काम गर्दछ । कति क्रियाकलाप गर्ने भन्ने साथसाथै स्वस्थ्यकर वजनको मतलव शरीरमा लिने क्यालोरीको सन्तुलन सँगै कति उपयोग गरिन्छ भन्ने लेखाजोखा राख्नु आवश्यक छ । बढी वजन भएको मान्छेलाई उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल हुने जोखिम हुन्छ, जुन कोरोनरी मुटुरोगको जोखिम हुन् ।
२.शारीरिक क्रियाकलापले मधुमेहलाई नियन्त्रण गर्दछ
शारीरिक क्रियाकलापले मधुमेह लाग्नबाट पनि बचाउँदछ । यदि कसैलाई मधुमेह भइसकेको छ भने शारीरिक क्रियाकलापले नियन्त्रण गर्न मद्धत गर्दछ । यदि पुरुषलाई मधुमेह भएको छ भने उसलाई तीन गुना बढी कोरोनरि मुटुरोग लाग्ने सम्भावना हुन्छ र मधुमेह भएको महिलालाई चार गुना बढी सम्भावना हुन्छ । अहिलेको बढ्दो सहरीकारणले पनि कम उमेरमा नै ‘टाइप टू’ मधुमेह धेरै देखिन थालिएको छ । यसको प्रमुख कारणमा कम क्रियाशील जीवनशैली नै प्रमुख हुन् ।
३.यसले रगतको कोलेस्ट्रोलको मात्रालाई कम गर्दछ
व्यायामले एल डी एल र एच डि एलको अनुपात कोलेस्ट्रोललाई कम गर्न या सुधार्न मद्दत गर्दछ । एच डि एल कोलेस्ट्रोलको फाइदा पाउनको लागि नियमित शारीरिक क्रियाकलाप गर्ने गर्नुपर्दछ । जसले रक्त बाहिनी नलीमा बोसो जम्ने प्रक्रियालाई रोकथाम गर्न मद्दत गर्दछ । यसरी हृदयाघात हुनबाट रोकथाम गर्दछ ।
४.शारीरिक क्रियाकलापले हृदयाघातको सम्भावनालाई मात्र कम गर्ने होइन बरु हृदयाघात भइसके पछि पनि लगातार शारीरिक क्रियाकलापले कम एन्जाइना हुने र चाँडै आफ्नो सामान्य जीवनमा फर्कन मद्दत गर्दछ । चिन्ता, डिप्रेसन आदी सवैलाई कम गराउन सहयोग गर्दछ ।
अरु उपयोगी जानकारीहरु –
के तपाई आफ्नो उचाइ अनुरुप सही वजन छ?
आफ्नो उचाइ अनुरुप कति वजन हुनुपर्दछ यो पनि जानकारी राख्नुपर्दछ । कम्मर वरिपरी धेरै मोटो हुनु अथवा भनौ स्याउको जस्तो शरीरको बनोट भएमा यसले स्वास्थ्यमा धेरै जोखिम पैदा गर्दछ । यसबाट मुटुको रोग, मधुमेह, पक्षघात, क्यान्सर जस्ता रोगहरूबाट धेरै मान्छे पीडित हुने क्रम जारी छ । औसत मान्छेको बि एम आइ (Body Mass Index) १८– २५ हुनुपर्दछ ।
व्यायाम गरि सकेपछि १५–२० मिनेट आराम गरेर बस्नु पर्दछ अनि मात्रै अरू काममा लाग्नु पर्दछ । ध्यान अथवा रिल्याक्सेसन अभ्यास जति धेरै गर्यो उति जानिने कुरा हो । यसले शरीरलाई पुरा आनन्द दिई चिन्ता कम गर्न मद्दत गर्दछ । क्रियाशील जीवनयापनका साथै चिन्तामुक्त वातावारण र धुमपान रहित जीवन जिउनुका साथै स्वास्थ्य र सन्तुलित भोजनले कोरोनरी मुटुरोगबाट बच्न महत्वपूर्ण भूमिका खेल्छ ।