जिम्मेवारी बुझेका भट्टराई कोषाध्यक्ष पदमा

तिलक भट्टराई

लन्डन । समाजसेवा जस्तो पवित्र कामलाई सरल र पारदर्शी बनाउन लेखा (हिसाव) बुझ्ने जिम्मेवार व्यक्तिको खोजी तीव्र थियो । अझ भनौं, गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायत आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवार बन्न योग्य मानिसको खोजी भैरहेको थियो । साउथइस्ट लन्डनमा बसोवास गर्ने ‘एकाउन्ट’ जानेका तिलक भट्टराई माथि केही एनआरएनए यूकेका अग्रजको आखाँ अडिए । औपचारिक/अनौपचारिक रुपमा कोषाध्यक्ष पदका उम्मेदवार हुन आग्रह पनि आए ।

एनआरएनए यूके अग्रज तथा साथीहरुले ‘तपाईं जस्तो एकाउन्ट बुझेको व्यक्ति कोषाध्यक्ष पदमा हुनु भयो भने जनताबाट उठेको पैखाको सहि हिसाव किताव आउँछ । संस्था पारदर्शी ढंगले चल्यो भने समुदायको विश्वास जित्न सकिन्छ’ भन्ने प्रस्तावले उनलाई केही दिन सोच्न बाध्य बनायो । निजी जीवन, घरपरिवारप्रतिको जिम्मेवारी अनि आफ्नै व्यवसायलाई मिलाउदै सकृय समाजसेवालाई कसरी संगै लैजाने भनेर भट्टराईलाई मनमा हुटहुटी चल्यो ।

घरपरिवारबाट सहयोग पाउने ढुक्क भएपछि एनआरएनए यूकेका अग्रज र साथीहरुको आग्रह र आफू माथिको विश्वास झन दरिलो बनाउन तिलक भट्टराईले एनआरएनए यूके कोषाध्यक्ष पदमा प्रत्यासी बन्ने निधो गरे । गत १८ अगष्टमा औपचारिक रुपमा कोषाध्यक्ष पदमा उम्मेदवारी पनि दर्ता गराए ।

निजी जीवनबाट केही समय झिकेर समाजसेवामा होमिन तयार भएका भट्टराईले उम्मेदवारी दर्ता संगै एउटा नारा पनि बनाए ‘आजको महसुसता एनआरएनएमा सकारात्मक सोच, पारदर्शीता तथा जिम्मेवारीवहनताको आवश्यकता’ । ‘समाज सेवा गर्दा जीवनमा प्राप्त हुने सन्तुष्टी अर्कै छ’- वीनेपालीसँग एकैछिन गफिए भट्टराई । उनले यूवा र बुढाबुढीहरुको लागि विशेष कोष स्थापना गर्ने योजना समेत सुनाए ।

बेलायतबाट बिजनेस मेनेजमेन्ट एण्ड फाइनान्समा मास्टर्स पुरा गरेका भट्रटराई सामाजिक क्षेत्रमा पनि सकृय छन् । ग्रेजुएट इन्टरप्रेनर नेप्लिज सोसाईटी (जेन्स) यूकेको बरिष्ठ उपाध्यक्ष, यति नेपाली एशोसिएसन यूके र रोयल ग्रीनवीच नेप्लिज सोसाइटीमा कार्यसमिति सदस्यका रुपमा सामाजिक क्षेत्रमा सकृय छन् उनी ।

कोषाध्यक्षका प्रत्यासी भट्टराई ब्रिट टयूसन, नम मार्केटिंग, टिआरबी प्रोपर्टीलगायतका व्यवसायमा संलग्न छन् । आगामी १४ सेप्टेम्बरमा हुने निर्वाचनमा उनले नेपाली समुदायबाट ठूलो सहयोगको आसा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री