लन्डन । केयर होममा राखिएकी एक ९४ वर्षीया वृद्ध महिलालाई कुटपिट र र्दुव्यहार गरेकोमा दोषी पाइएका २ नेपालीसहित ५ जनालाई जेल सजाय सुनाइएको छ ।
एजवेयर निवासी दुई नेपाली महिला अनिता केसी थापा (४६) र अनिता बिसी (४९) लाई क्रमशः ६ महिना तथा ५ महिना लामो जेल सजाय सुनाइएको हो ।
इभिनिंग स्ट्यान्डर्ड समाचारपत्रका अनुसार, ब्रेन्ट काउन्सिलस्थित मीरा होममा राखिएकी ९४ वर्षीया पानीबेन शाहलाई राम्रोसंग हेरविचार नगरि उल्टै र्दुव्यहार गरेको प्रमाण उनको कोठामा लुकाएर राखिएको सिसिटिभीमा देखिएको थियो ।