बेलायतबाट स्वदेश फर्किए नेता रिजाल

रिजाल परिवारको सम्मानमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले समेत एक कार्यक्रम गरे

लन्डन । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल भारत सीमा विवाद चांडै समाधानका लागि प्रधानमन्त्री केपी ओलीले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।

एक साता अघि निजी भ्रमणका लागि बेलायत उत्रिएका नेता रिजालको विदाइमा प्रवासी नेपाली मञ्च यूके र नेपाली जनप्रगतिशील मञ्च यूकेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले सीमा विवादका बारेमा जानकारी दिएका 
हुन् । ‘तथ्य र प्रमाणका आधारमा कालापानीमा भारतले सीमा मिचेको देखाउंछ’- नेकपा विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले भने ।

पूर्व एमाले र पूर्व एमाओवादी नेताहरुबीच रिजालले नेपालमा विकास निर्माणका कामहरु तीव्र रुपमा भइरहेकाले प्रवासको अनुभव महत्वपूर्ण रहेको बताए ।

प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनीले आफूहरुले सिकेका सीप र अनुभवलाई मातृभूमिमा लैजान हजारौं नेपाली तयार रहेको बताए । नेपाली जनप्रगतीशिल मञ्च यूके अध्यक्ष सुरेश गौतमले रिजाललाई बेलायतबाट विदाइ गर्दै जनअपेक्षा अनुसार काम गर्न सुझाव दिए ।

सो कार्यक्रममा समाजसेवी मोहन गुरुङ, नेकपाका स्थानीय नेताहरु डा. मुकुन्द बास्तोला, ठाकुर शर्मा, केदार थपलिया, ह्यारी गुरुङ, जीवन सेन, अर्कराज तिमल्सेना, तिलक भट्टराई, हरीगोविन्द गुरुङलगायत उपस्थित थिए । कार्यक्रमा सीमा विवाद, नेकपा सरकारले गरिरहेका अल्पकालिन र दीर्घकालिन कामहरु तथा बैदेशिक लगानीलगायतका बारेमा समेत अन्तरक्रिया भएको थियो ।

उता, रिजाल परिवारको सम्मानमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले समेत एक कार्यक्रम गरेका थिए ।

नेता रिजाल बुधबार स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री