दर्लामीलाई ‘टप टेन एड्भाइजर २०१९’ अवार्ड

अवार्डपछि परिवारसंग खुशी सांट्दै दर्लामी (बायाबाट दोश्रो)

लन्डन । बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी टप टेन एड्भाइजर २०१९ अवार्डबाट सम्मानित भएका छन् ।

बेलायतमा स्थापित ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक दर्लामी फाइनान्सियल नेटवर्कको प्रतिष्ठित संस्था न्यू लिफको उक्त अवार्डबाट सम्मानित भएका हुन् । न्यू लिफको अण्डरमा बेलायतमा तीनसय भन्दा बढि सल्लाहकारहरु छन् ।

अवार्डले आफूलाई थप जिम्मेवार बनाएको दर्लामीले बताए । अवार्डपछि उनको व्यवसायिक दक्षताको थप प्रशंसा भएको छ ।

बेलायतको नेपाली समुदायमा लोकप्रिय ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले नियमित रुपमा नेपाली समुदायमा गएर निशुल्क परामर्श समेत दिंदै आएको छ ।

गुल्मी भार्सेमा जन्मिएका दर्लामी ५ सन्तानमध्ये कान्छा हुन् । उनी भार्से उच्च माध्यमिक विद्यालयबाट स्कुल सकेपछि थप उच्च शिक्षा 
ग्रहण गर्न काठमाण्डौं आए । सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेपछि दर्लामी सन् १९९९ मा ट्राभल एण्ड हस्पिटालिटीमा पोस्ट ग्रयाजुएसन गर्न स्वीट्जरल्याण्ड गए । साइप्रसबाट सन् २००१ मा एमबीए उत्तिर्ण गरेपछि नेपालको पर्यटन बजार सम्वन्धमा विद्यावारिधि (पिएचडी) गर्न यूके आएका मीनले यहां आएर प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरे । मीनले सर्टिफिकेसन फर मोर्गेजेज, सर्टिफिकेसन फर फाइनान्सियल एडभाइस, पेन्सन ट्रान्सफर स्पेशलिष्ट कोर्ष गरेका छन् । हाल उनी चार्टर्ड सर्टिफिकेसनका लागि 
परीक्षाको अन्तिम तयारीमा छन् ।

प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स उत्तिर्ण गरेपछि उनी बिजनेश कार्यक्रम तथा प्रोजेक्ट व्यवस्थापनतिर संलग्न रहे । कलेज व्यवसायमा समेत संलग्न दर्लामीले सन् २०१२ देखि एक्सेस फाइनान्सियल सर्भिसेसमार्फत फाइनान्सियल सर्भिसको व्यवसाय शुरु गरेका हुन् । हाल सोही कम्पनी ए स्टार फाइनान्सियल सोलुसन्स यूके नाममा सञ्चालित छ । लन्डन हयाङर लेन (मुख्य कार्यालय), आसफोर्ड, फार्नबोरोपछि उक्त कम्पनीले रेडिङमा पनि शाखा विस्तार गरेको छ ।

ए स्टारले आफ्नो ८ औं वार्षिकोत्सव आगामी २३ डिसेम्बर सांझ लन्डनमा मनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री