पूर्व काउन्सिलर गुरुङले बेलायतका घरवारबिहीनलाई दिए क्रिसमस भोज


लन्डन । पूर्व काउन्सिलर एवं गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई क्रिसमस भोज ख्वाउंदै लत्ता कपडा प्रदान गरेका छन् । उनले सप्ताहन्त बेलायतस्थित फोकस्टन क्षेत्रका १४ जना घरवारबिहीनलाई क्रिसमस शुभकामनासहित खाना र कपडा उपलब्ध गराएका हुन् ।

‘जाडो बढिरहंदा आफ्नो क्षेत्रका गरिव जनताको मुहारमा खुशी ल्याउन सानो प्रयास गरेको छु’, गुरुङले भने, ‘सबै मिले ससानो सहयोगले पनि समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने लाग्छ ।’ गुरुङले आफ्नै खर्चमा गत वर्ष पनि खाना र लत्ताकपडा उपलब्ध गराएका थिए ।

सो अवसरमा फोकस्टन टाउन मेयर ज्याकी मिडको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री