बेलायतका चर्चित नेपालीहरु छानिए (सूचीसहित)

लन्डन -लन्डनबाट नेपालीहरूद्वारा संचालित अंग्रेजी अनलाइन ‘साउथ एशिया टाइम’ ले जनवरी १ का दिन आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने नेपालीहरूको सूची प्रकाशित गरेको छ ।

कसैलाई मूल्याँकन अनि रेकिंङ गरेर तह विभाजन गर्ने, कसैलाई उछाल्ने या पछार्ने भन्दा सामाजिक संजाल, प्रकाशित देखिने विवरणहरूका आधारमा बेलायतको नेपाली समाजमा योगदान गरिरहेका व्यक्तित्वहरूको सूची तयार गरिएको र यसलाई साउथ एशिया टाइमको सम्मान लिस्टको रुपमा बुझीदिन सम्पादक जगन कार्कीले अनुरोध गरे । संकलित नामहरूबाट निर्धारित मूल्याँकन समितिले विविध मापदण्डको आधारमा समावेसी रूपमा सूचीलाई अन्तिम टुंगो लगाएको बताइएको छ ।

‘अपेक्षाकृत रूपमा नयाँ आप्रवासी समुदाय भएपनि बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । उनीहरुको उपलब्धिको पहिचान र सम्मान गर्ने तथा ब्रिटिश समुदायलाई जानकारी पनि दिलाउने उद्देश्यले यो सूची तयार गरी प्रकाशित गरिएको हो’- साउथ एशिया टाइमका कार्यकारी सम्पादक डा. कृष्ण उपाध्यायले भने ।

सूचीमा सफल उद्यमी, समाजसेवी, युवा प्रेरणा, स्थानीय राजनीति, सार्वजनिक सेवा, सफल पेशाकर्मी तथा असाधारण योगदान गर्नेहरूको छुट्टाछुट्टै सूची प्रस्तुत गरिएको छ ।

त्यसैगरी जनवरी अन्तिम साता साउथ एशिया टाइमको आयोजनामा ‘प्रवासीहरूको उद्यमसिलता, आर्थिक निर्भरता र मानव अधिकार’ विषयक विचार गोष्ठी आयोजना गरिने भएको छ ।

आफ्नो वर्षगाँठको अवसर पारेर साउथ एशिया टाइम आनलाइनले नेपाल भ्रमण वर्षलाई लक्षित गरी ब्लग, कविता र निबन्ध प्रतियोगिता पनि गर्ने भएको छ । प्रतियोगितामा भाग लिन नेपालको पर्यटन सम्बन्धी लेख रचना सामग्री अंग्रेजिमा हुनुपर्ने छ । आगामी एप्रिल महिनासम्म आएका लेख, रचना प्रकाशित गर्दै जाने र सबैभन्दा बढि लाइक, शेयर र भ्यूज भएका ३ सामग्रीलाई पुरस्कृत गरिने बताइएको छ ।

सूचीको लिंक:

SOUTH ASIA TIME List of Successful British Nepalese in the UK 2020

प्रतिक्रिया

सम्बन्धित सामाग्री