इतिहासकार नेपाल र गायक मुकारुङलाई भोजपुर प्रतिभा सम्मान

लण्डन । इतिहासकार ज्ञानमणि नेपाल र गायक भीषण मुकारुङलाई भोजपुर प्रतिभा सम्मान अर्पण गरिने भएको छ ।

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले हरेक वर्ष प्रदान गर्ने सो सम्मानबाट यसवर्ष वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाललाई सम्मानित गरिने भएको हो । यसैगरी, प्रतिष्ठानले हरेक वर्ष वितरण गर्ने भोजपुर प्रतिभा पुरस्कार युवा गायक भीषण मुकारुङलाई प्रदान गर्न लागिएको हो ।

प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले सो निर्णय गरेको संस्थाका सचिव नरेश काङमाङ राईले जानकारी दिए ।

नेपाली इतिहास क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत् नेपाललाई र गायन क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत् मुकारुङलाई सम्मानित तथा पुरस्कृत गर्ने निर्णय गरिएको बताइएको छ ।

सचिव राईका अनुसार सम्मानमा टोपी, माला, दोसल्ला, सम्मानपत्रका साथै नगद रु. १५ हजार छ भने पुरस्कारमा टोपी, माला, सम्मानपत्रसहित नगद रु. ३० हजार छ । सम्मान तथा पुरस्कार आगामी फागुनको तेस्रो साता काठमाडौँमा एक समारोह गरी अर्पण गरिनेछ ।

प्रतिष्ठानले १२ वर्षअघि सो पुरस्कार र सम्मान स्थापना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री