गोर्खा सत्याग्रहद्वारा आन्दोलन स्थगित

ज्ञानराज राई

लण्डन । आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले नेपाल सरकारले औपचारिक रुपमा ब्रिटिश राजदूतावासलाई पत्र पठाएसंगै आफना सबै कार्यक्रम स्थगित गरिएको जनाएको छ । सत्याग्रहका अभियानकर्ता ज्ञानराज राईले सरकारको पत्रले आफूहरु सकारात्मक रहेको प्रतिकृया दिए ।

उनले अव बेलायती सरकार भाग्न नसक्ने भन्दै आफना मागहरुप्रति उचित सम्बोधन नगरे आन्दोलन जारी राख्ने जनाए । उनले सरकारलाई केही समय दिन आफनो आन्दोलन स्थगित गरेको स्पष्ट गराए ।

संयुक्त कार्यदलले तयार पारेको १३ बुँदे माग पुरा गराउन गोर्खा सत्याग्रहले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । समितिले नेपाल सरकारलाई औपचारिक पत्र लेख्न दवाव दिंदै १४ मार्चसम्म अल्टिमेटम दिएको थियो ।

तर नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले यसको दुई दिन अघि नै बेलायत सरकारलाई औपचारिक पत्र पठाएको थियो ।

केही दिन अघि परराष्ट्र मन्त्रालयले काठमाण्डूस्थित ब्रिटिश राजदूतावासलाई नेपालले त्रिपक्षीय सन्धिको पुनरावलोकन  र अवकाशप्राप्त गोर्खाका गुनासाहरूबारे वार्ताका लागि प्रस्ताव गरेको थियो।

सन् १९४७ मा भएको उक्त सन्धिपश्चात् नेपालले यसप्रकारको औपचारिक पत्र पठाएको यो नै पहिलो पटक भएको बताइएको छ ।

भूतपूर्व गोर्खा र कतिपय राजनीतिक दलका नेताहरूले पनि पटकपटक उक्त सन्धिको पुनरावलोकन हुनुपर्ने माग गर्दै आएका थिए ।

पत्रमा सन् २००७ देखि ब्रिटिश सेनामा कार्यरत नेपाली नागरिकहरूलाई समान तलब र पेन्सन उपलब्ध गराउन थालेकोमा नेपाल सरकारले ब्रिटिश सरकारलाई धन्यवाद दिएको छ । तर अझै पनि भूतपूर्व गोर्खासँग सम्बन्धित ‘कतिपय जायज मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको’ त्यसमा उल्लेख छ।

ती मुद्दाहरूलाई ब्रिटिश पक्षबाट समानता, न्याय र निष्पक्ष सम्बोधनको आवश्यकता रहेको पत्रमा लेखिएको छ ।

भिडियो अन्तरर्वार्तामा गोर्खा अभियन्ता ज्ञानराज राई-

https://youtu.be/u0ZrrbgC6Ms

प्रतिक्रिया

सम्बन्धित सामाग्री