कोरोना भाइरसका कारण क्याट यूकेको पद यात्रा रद्द


लन्डन । कोरोना भाइरसका कारण चितवन एड ट्रस्ट (क्याट) यूकेको पद यात्रा कार्यक्रम रद्द भएको छ । क्याट यूकेका अध्यक्ष जीवन सेन र महासचिव टिएन रिजालले मंगलबार विज्ञप्ती जारी गरि १४ मार्चका लागि तय गरिएको कार्यक्रम रद्द गरेका हुन् ।

‘भिजिट नेपाल २०२०’ सहयोगार्थ साउथ इस्ट लन्डनको ग्रिनवीचमा पद यात्रासहितको कार्यक्रम यसअघि अन्तिम समयमा आएर स्थगित भएको थियो । नेपाल सरकारले भ्रमण बर्ष अभियान र अन्तराष्ट्रिय कार्यक्रम स्थगित गरिसकेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि मंगलबार उच्च सतर्कताका साथ रहन सवैलाई पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री