ईलाम सोसाइटी युकेको अध्यक्षमा प्रमिला निर्विरोध

लण्डन । ईलाम सोसाइटी युकेको अध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् । शनिबार ७ मार्चका दिन सम्पन्न सोसाइटीको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएकी हुन् । 

आगामी ३ बर्षका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा टेक राई र सुमित्र लिम्बु, महासचिवमा धन राई, सचिवमा याम गुरुङ, कोषाध्यक्षमा घनश्याम गुरुङ, सहकोषाध्यक्षमा मुना राना, प्रमुख संयोजकमा ईन्द्र राई, मिडिया तथा पीआरमा कृष्णबीर तामाङ, वेव मास्टरमा पाल्जर लामा, साँस्कृतिक तथा साहित्यमा चोक गुरुङ, स्पोटर्स आईसीमा धन (अशोक) राई, सह स्पोटर्स आईसीमा लिला गुरुङ चयन भएका छन् । 

उनीहरुलाई निर्वाचन मण्डलका प्रमुख निर्वाचन आयुक्त एवं पूर्व अध्यक्ष राजेन्द्र राई लगायत निर्वाचन मण्डलले शपथ ग्रहण संगसंगै खादा लगाई बधाई दिएको थियो । उक्त निर्वाचन मण्डलको सदस्य सचिवमा पूर्व महासचिव खड्क राई र सदस्यमा पूर्व अध्यक्ष कमल राई सदस्य थिए । 

यसअघि ईलाम सोसाइटी युकेको उपाध्यक्ष पदमा रहेर महत्वपूर्ण जिम्मेवारी निभाएकी प्रमिला लाबुङ राई नेपाली समुदाय बेलायतमा परिचित नाम हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको अध्यक्ष रहेकी लाबुङ राई लामो समयदेखि रेडियो बिजिडब्लुएसको प्रवन्धक एवं प्रस्तोताको रुपमा कार्यरत छन् । त्यस्तै, ग्रेटर रस्मोर नेपाली कम्युनिटी युकेको वर्तमान महासचिवसाथै विभिन्न संघसंस्थामा आवद्ध छिन् । 

सन् २००९ सालमा स्थापना भएको ईलाम सोसाइटी युकेको विभिन्न पदमा रहेर संस्थाको गरिमा उच्च बनाउन खेलेको बिशेष भूमिकाको कदर गर्दै उनलाई पाँचौं अधिवेशनले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

त्यस्तै, अधिवेशनले सोसाइटीका पूर्व अध्यक्षहरु राजेन्द्र राई, कमल राई, खड्क राई, गोपाल गिरी, निवर्तमान महासचिव रोशु पराजुली कटुवाल, गजेन्द्र कटुवाल र कृष्ण देवानलाई संस्थाको सल्लाहकार चयन गरेको छ । नयाँ कार्यसमितिको पहिलो बैठकले थप सल्लाहकार चयन गर्ने जनाइएको छ । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लाबुङ राईले समाजलाई अझ थप उचाईमा पुरयाउने विश्वास व्यक्त गर्दै निर्वाचन समिति, सल्लाहकार, सदस्य लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । 

कार्यक्रमको पहिलो चरणमा सोसाइटीको १२ औं साधारणसभा भएको थियो । उक्त साधारणसभामा सोसाईटीका अध्यक्ष गोपाल गिरीले कार्यसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष टेकबिर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । व्यापक छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ । 

सोसाइटीका अध्यक्ष गोपाल गिरीको अध्यक्षतामा सम्पन्न १२ औं साधारणसभालाई महासचिव रोशु पराजुली कटुवालले संचालन गरेकी थिइन्   

प्रतिक्रिया

सम्बन्धित सामाग्री