आसफोर्डमा नेपाली युवाको शव भेटियो

युगल लिम्बु

लण्डन । आसफोर्डमा बसोबास गर्दै आएका ३३ वर्षीय युगल लिम्बु मृत भेटिएका छन् । शनिबार बिहानबाट हराइरहेका लिम्बुको शब स्टाउर नदीमा सोमबार दिउँसो ४.३० बजे भेटिएको स्थानीय केन्ट लाइभले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार, शवको पहिचान हुन बाँकी रहे पनि परिवारलाई भने जानकारी गराइसकिएको छ ।

लिम्बु शनिबार भिक्टोरिया पार्क आसफोर्डबाट हराइरहेका थिए । प्रहरीले उनको मृत्युलाई शंकास्पद मानेको छैन र छिट्टै नै सुनुवाईका लागि कोरोनरमा पठाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री