पत्रकार महासंघ यूकेले कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने


लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने भएको छ । बेलायतस्थित नेपाली समुदायका हितमा नेपाली भाषामा जनचेतना फैलाउने कार्यक्रम अघि सारेको हो ।
उक्त कार्य पत्रकारवीच छलफल चलिरहेकाले केही दिनमा निष्कर्षमा पुग्ने जनाइएको छ । जनहितका लागि महासंघ यूकेले गर्न लागेको कोरोना भाइरसबाट बच्ने सचेतनाका समाचारहरु नेपाली भाषा मात्रै बुझ्ने बृद्धबृद्धाहरुमा केन्द्रीत रहेको महासंघ यूकेले जनाएको छ । यहाँका पत्रकारहरु समुदयसँग मिलेर अघि बढीरहेका बेला जनहितमा गरिने यस्ता कार्य गर्नाले आपसी सद्भाव अझ उचो हुने अपेक्षा महासंघ यूके शाखाले गरेको छ ।

आदरणीय पत्रकार मित्रहरु,
कोरोना भाइरस (कोभिड १९) का कारण संसार अहिले आतंकित छ । हामी बसोबासरत मुलुक बेलायतमा समेत यो पंक्ति तयार पार्दासम्ममा सो भाइरसबाट आठ जनाको मृत्यु भइसकेको छ र करीव पाँच सयमा सो भाइरसको लक्षण देखिइसकेको छ । भाइरसका कारण हालसम्ममा मृत्युहुनेहरुमा धेरैजसो वृद्धावस्थाका छन् र हामीलाई थाहा भएकै कुरा हो सो उमेर समूहमा पर्ने हाम्रा नेपाली बाबाआमाहरुको संख्या पनि उल्लेखनीय नै छ । सो भाइरसबाट अपनाउनुपर्ने सावधानीका बारेमा अहिले युकेमा प्राय अंग्रेजी भाषामा प्रचार सामग्रीहरु धेरै भेटिन्छन् । यसका साथै सामाजिक सञ्जालमा कतिपय सत्य, कतिपय भ्रामक सामग्रीहरु पाइन्छन् । खासगरी वृद्धावस्थाका नेपालीहरुलाई नेपाली भाषामा कोरोना भाइरसबाट बच्ने सही उपायका बारेमा जानकारी दिलाउनु अहिले बेलायतस्थित नेपाली समुदायको दायित्व हो । समाजलाई सुसूचित बनाउनु हाम्रो पनि जिम्मेवारी भएकाले नेपाल पत्रकार महासंघ युकेका तर्फबाट नेपाली भाषामा जनचेतनामूलक सामग्री तयार गर्ने मनसाय राखी पत्रकार साथीहरुमाझ आवश्यक परामर्शका लागि यो अवधारणा पेश गरिएको छ ।
यस अवधारणाअनुसार इच्छुक पत्रकार साथीहरुबाट स्वयंसेवी ढंगमा जनचेतनामूूलक प्रचार सामग्री तयार पारिनेछ र युकेमा सञ्चालित सबै मिडियाहरुलाई प्रकाशन प्रसारणका लागि उपलब्ध गराइने छ । त्यस्ता सामग्रीको मुख्य उद्देश्य कोरोना भाइरसबाट बच्न, सतर्क हुन नेपाली भाषामा सामग्री उत्पादन गर्ने रहेको छ । यो योजनाका लागि कुनै प्रकारको सहयोग राशी उपलब्ध भएको छैन । पत्रकार साथीहरुबाट यस योजनाका लागि सुझाव, परामर्शको अपेक्षा गरिएको छ । साथै सो योजनामा सरिक हुन चाहने साथीहरुमा ऐक्यवद्धताका लागि सहर्ष अनुरोध गर्दछु ।
नरेश खपाङ्गीमगर
अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित सामाग्री