एनबीसी यूकेको दशौं वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रम स्थगित

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेको दशौं वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रम स्थगित भएको छ ।

बेलायतसहित विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै कम्युनिटीले निर्धारित कार्यक्रम स्थगित गरेको हो । कम्युनिटीले यही मार्च २२ तारिख आइतबार लन्डन ग्रीनफोर्ड टाउन हलमा ‘समर्पण सांझ २०२०’ गर्ने घोषणा गरेको थियो । दशौं वार्षिकोत्सवका साथै सुर्खेतको सिम्ता गाउंपालिका ६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयमा रहेका अपांग बालबालिकाको आवास निर्माणमा सहयोग जुटाउने कार्यक्रमको उद्देश्य थियो ।

कम्युनिटीका संयोजक मिलन घिमिरे र सचिव चुरामणी रेग्मीले एक विज्ञप्ति जारी गर्दै असाधारण परिस्थितिमा गर्नुपरेको यस निर्णयलाई सहज रुपमा बुझिदिन आग्रह गरेका छन् । परिस्थिति सहज हुने बित्तिकै कार्यक्रम गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री