कोरोना भाइरस सम्बन्धमा नेपाली राजदूतावास, लण्डनको अपिल

लण्डन ।  संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा ‘COVID-19’ संक्रमण फैलिरहेको सन्दर्भमा यी मुलुकमा बसोबास बस्ने सबै नेपाली र गैरआवासीय नेपालीहरुलाई सम्बन्धित सरकारले जारी गरेका नियमहरु पालना गरी उच्च सर्तकता अपनाउनु हुन अनुरोध गरिन्छ ।

साथै यस्तो असहज अवस्थामा आपसी सहयोग, सदभाव, सहभाव र समन्वय कायम गर्नु हामी सबैको कर्तव्य रहेको अनुरोध गर्दै संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा अवस्थित गैरआवासीय नेपाली संघ लगायत सबै नेपाली डायस्पोरा संघ, संस्था र समाजहरु, सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस प्रकोपद्धारा आपतविपत परेका नेपालीहरुलाई सुझाव, सूचना आदानप्रदान तथा यथासम्भव सहयोग उपलव्ध हुने व्यवस्थाका लागि हार्दिक अनुरोध गरिन्छ ।

COVID-19 को संक्रमण दिनानुदिन बढ्दै गैरहेको सन्दर्भमा यसको संक्रमणबाट बच्न हामी सबैको सतर्कता एवं सजगता अपरिहार्य छ । यस राजदूतावासबाट प्रदान गरिने सेवाहरु प्राप्त गर्न संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा रहनु भएका दिदीबहिनी एवं दाजुभाइहरुका लागि निम्नानुसार व्यवस्था गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

क) राजदूतावासको नियमित कन्सूलर सेवाहरु जस्तै: राहदानी नवीकरण, यात्रा अनुमति पत्र, गैरआवासीय नेपाली परिचय पत्र, भीसा एवं कागजात प्रमाणीकरणका लागि यस राजदूतावासको वेवसाइट www.uk.nepalembassy.gov.np मा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउने ।

ख) अधिकृत वारेशनामा र मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सही छाप गर्नुपर्ने कामका लागि अत्यन्त जरुरी अवस्थामा मात्र राजदूतावास आउने ।

ग) राजदूतावासमा आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोन, इमेलबाट सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन विहान १० देखि १ बजेसम्म र अपरान्ह २ देखि ४ बजेसम्म आउने । विशेष कामका लागि आउँदा सम्बन्धित व्यक्ति मात्र आउने ।

घ) राजदूतावासको सेवा एवं अन्य कुनै जानकारी लिनुपरेमा यस राजदूतावासका देहायका फोन र इमेलमा सम्पर्क गर्नुहुन अनुरोध छ:

राजदूतावासको फोन +44 20 72291594(Office Secretary), 020 72299655(Visa), 02072437859 (Consular)

राजदूतावासको इमेल: [email protected], [email protected]

ङ) कार्यालय समय बाहेक र विदाको दिनमा अत्यन्त जरुरी परेमा निम्न पदाधिकारीहरुसंग सम्पर्क गर्न सक्नुहुनेछ:

उपनियोग प्रमुख, शरदराज आरण, मोवाइल नम्बर +447460595188

तृतीय सचिव, तेजेन्द्र रेग्मी, मोवाइल नम्बर +44 7427330837

यहाँहरुको सेवाको लागि राजदूतावास यस अघि जस्तै पूर्णरुपमा विहान ९ देखि अपरान्ह ५ बजेसम्म खुला रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री