कोरोना संक्रमणबाट बेलायतमा पूर्व गोर्खा सैनिकको निधन

लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा एक अर्का भूतपूर्व गोर्खाको निधन भएको छ । पुर्खौली घर कास्कीको घान्द्रुक भई हाल रेडिङमा बसोबासरत ६५ वर्षीय लक्षीनबहादुर गुरुङको सोमबार बिहान ७ बजे रोयल बक्सायर अस्पताल रेडिङमा निधन भएको उनका भाञ्जा कमल गुरुङले जानकारी दिए ।

गुरुङ घरमै सेल्फ आइसोसेसनमा बस्दै आएकोमा श्वास फेर्न गाह्रो भएपछि करिब १० दिनअघि अस्पताल भर्ना भएका थिए ।
छैँटौँ गोरखा राइफल्सका गुरुङको आर्मी नम्बर २११६०७३० रहेको छ ।

कुनै समयका चर्चित फुटबल खेलाडी गुरुङ समाजसेवामा समेत सक्रिय थिए । उनी रेडिङ बुद्धिष्ट गुम्बाका आजिवन सदस्य, घान्द्रुक रेडिङ समाज युकेका अध्यक्ष रहेका थिए ।

उनका श्रीमती र तीन छोरीहरु छन् । उनको परिवारको सबैमा कोरोना नेगेटिभ देखिएको पनि गुरुङले बताए । उनमा कुनै स्वास्थ्य समस्या नरहेको पनि गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री