कोरोना संक्रमणबाट लण्डनमा पूर्व गोर्खा सैनिक श्रेष्ठको मृत्यु

लण्डन । कोरोना संक्रमणबाट दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको निधन भएको छ ।

करिब ६० वर्षीय श्रेष्ठको बुधबार बिहान लण्डनस्थित गाइज अस्पतालनमा निधन भएको पासा पुच युकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ सामान्य रुघाखोकी लागेपछि घरमै बसिरहेका थिए । घरमै छोरीले अक्सिजनको मात्रा नाप्दा अक्सिजनको लेभल कम पाएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा जचाउँदा उनमा कोरोना पोजिटिभ देखिएपछि त्यही भर्ना गरी उनको उपचार हुँदै आएको थियो ।

श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । श्रेष्ठका परिवार आइसोलेसनमा बसिसकेको र अहिले स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ ।

उनको पुर्ख्यौली घर स्याङ्जा भई हाल पोखरामा बसोबासरत थिए ।

(अप्रिल १६ मा सच्याइएको । सम्पादक)

प्रतिक्रिया

सम्बन्धित सामाग्री