युकेमा लकडाउन तीनसाता लम्बियो

लण्डन । युकेमा लक डाउन अरु तीन साता थपिएको छ ।

फष्ट सेक्रेटरी डोमिनिक राबले आज बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रीटमा आयोजित नियमित पत्रकार सम्मेलनमा लकडाउन अरु तीन साता थप्ने सरकारी निर्णय सुनाएका हुन् । उनले स‌ंक्रमणको दर अझै नघटेका कारण लकडाउनलाई लचिलो बनाउने जाेखिम सरकारले नलिने बताएका हुन् ।

सरकारले मार्च २३ मा पहिलोपटक तीन साताका लागि लकडाउन घोषणा गरेको थियो । सरकारले तीनसातामा सो लकडाउनको पुनरावलोकन गरिने बताएको थियो ।

राबले लकडाउन खुकुलो बनाउन हतार गरिएमा अहिलेसम्म गरिएका त्यागहरु र सबै प्रगतिहरु बेकार हुने बताए । अहिले लकडाउन खोल्दा फेरि भाइरस फैलिने र फेरि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने उनले चेतावनी दिए । त्यसो भएमा अर्थतन्त्र अरु नाजुक हुने उनको तर्क थियो । लकडाउनले काम गरिरहेको तर केयर होम र अस्पतालहरुमा संक्रमण बढिरहेकाे उनले बताए ।

उनले एनएचएसले धान्न सक्ने अवस्था भएपछि, मृत्युदरमा लगातार गिरावट आएपछि, संक्रमण व्यवस्थापन गर्न सकिने भएपछि,परीक्षण र व्यक्तिगत सुरक्षा उपकरणको आपूर्ति भविष्यमा हुने मागअनुसार धान्न सक्ने भएपछि र फेरि अर्को संक्रमण आउँदैन भन्ने निश्चित भएपछि मात्र लकडाउन खोल्न सकिने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री