कीर्तिमानी आरोही निर्मल पुर्जाको पुस्तक सेप्टेम्बरमा आउँदै

लण्डन । प्रख्यात पर्वतारोही निर्मल पुर्जाको पुस्तक ‘वियोण्ड पोसिवल’ यही सेप्टेम्बरमा बजारमा आउने भएको छ ।

उनले सो पुस्तकमा संसारकै कठिनतम हिमालहरु कसरी चढियो, कसरी पूर्व कीर्तिमानहरु तोडिए, चुनौतीका चाङहरु कसरी व्यवस्थापन गरियो भन्ने सो पुस्तकमा समेटिएको बताएका छन् ।

सो ३५२ पृष्ठको सो पुस्तकलाई होडर एण्ड स्टोउटनले बजारमा ल्याएको हो ।

बेलायती सेनाका पूर्व सैनिक पुर्जाले गतवर्ष ६ महिनामा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए । उनको अभियानको नाम प्रोजेक्ट पोसिबल राखिएको थियो । यसअघि सो रेकर्ड ७ वर्ष १० महिना ६ दिनको थियो ।

सो पुस्तक अग्रिम अर्डर गर्न सकिने बताइएको छ । वाटरस्टोन्स र अमाजनमा सो पुस्तक प्रिअर्डर गर्न सकिन्छ । पुस्तकको मूल्य २० पाउण्ड तोकिएको छ तर अमाजन किण्डल भर्सनको भने १० पाउण्ड ९९ पेन्स मूल्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री