कोरोना संक्रमणबाट बेलायतमा ३१ नेपालीको निधन

corona

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३१ नेपालीको निधन भएको पाइएको छ ।

नेपाली दूतावास लण्डन र गोरखा वेलफेयर ट्रष्टले राखेको अलगअलग अभिलेखबाट सो संख्या पुष्टि भएको हो ।

अभिलेखअनुसार हालसम्म कोरोनाबाट निधन हुनेहरुमा गोरखा भूतपूर्व सैनिकहरुको संख्या अत्यधिक देखिएको छ । हालसम्ममा २३ जना गोर्खा भूतपूर्व सैनिकहरुको कोभिड १९ बाट मृत्यु भइसकेको छ भने ८ जना गैरगोरखाले यस भाइरसबाट ज्यान गुमाएका छन् ।

मृत्यु हुनेहरुममा २९ जना पुरुषहरु छन् भने २ जना महिला छन् ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा पाको ९५ वर्षीय छन् भने सबैभन्दा कम उमेर ३२ वर्षका छन् ।

नेपाली दूतावास लण्डनले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ भने गोरखा वेलफेयर ट्रष्टले कोरोनाबाट मृत्यु हुने गोरखाहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ । दुवै स्रोतको सम्पर्क नपुगेका कोरोनाबाट बितेका नेपालीहरुको रेकर्ड छुट्न सक्ने भएकाले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या योभन्दा बढी हुनसक्ने पनि आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री