तनहुँका मल्लको बेलायतमा कोरोनाबाट निधन

लण्डन । पूर्व गोरखा सैनिक क्षेत्रबहादुर मल्लको कोरोना संक्रमणका कारण शनिबार बेलायतमा निधन भएको छ ।

उनको ७३ वर्षको उमेरमा प्रिन्सेस आन अस्पताल साउथह्याम्पटनमा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेखबहादुर गुरुङले जानकारी दिए ।

पुर्ख्यौली घर तनहुँ जिल्लाको थप्रेक गाविस हालको शुक्लागण्डकी नगरपालिका १ चितिस्वाँरा भएका मल्ल हाल बेलायतको विन्चेस्टरमा बस्दै आएका थिए ।

बेलायती सैनिकमा उनले सेकेण्ड सेकेण्ड गोरखा राइफल्समा रहेर काम गरेका थिए । उनको आर्मी नम्बर २११५६५१४ रहेको छ ।

उनी श्रीमती, छोराबुहारीसहित बस्दै आएका थिए । उनको गतवर्ष मुटुको शल्यक्रिया गरिएको थियो ।  उनी मधुमेहबाट पनि पीडित थिए ।

उनी सन् २०१२ देखि बेलायतमा बसोबास गर्दै आएका थिए ।

उनको असामयिक निधनमा तनहुँ समाज युकेले शाेक बक्तब्य जारी गरी श्रद्धान्जलि व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री