भूतपूर्व गोर्खाका समस्यामा ध्यान दिन बेलायत सरकारलाई दूतावासको आग्रह

लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले कोरोनाबाट प्रभावित बृद्धबृद्धा तथा भुतपूर्व गोर्खाहरुका समस्या समाधानका लागि बेलायत सरकार समक्ष आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बृद्धबृद्धा तथा भूतपूर्व गोर्खाहरुलाई जोगाउन राजदूत दुर्गावहादुर सुवेदीले बेलायत सरकारलाई सोमबार पत्राचार गरेका हुन् ।

उनले भाषागत समस्या र अत्यावश्यक सामग्रीका बारेमा बेलायत सरकारलाई जानकारी गराए । नेपाली राजदूतावासका अनुसार भूतपूर्व गोर्खाहरु कोरोनाको उच्च जोखिममा छन् । दूतावासका अनुसार कोरोनाकै कारण २६ जना भूतपूर्व गोर्खा र ८ जना अन्य नेपालीको ज्यान गइसकेको छ ।

नेपाली बृद्धबृद्धामा भाषागत समस्या र अत्यावश्यक सामग्रीमा पहुँच नभएकाले समस्या आएको दूतावासको ठहर छ । राजदूत सुवेदीले ती समस्या समाधान गर्न बेलायत सरकार, परराष्ट्र, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रष्टको ध्यानाकषर्ण गराएका हुन् । नेपाली बृद्धबृद्धालाई पर्ने समस्या समाधानमा दूतावासले सबैसँग समन्वय गरी बढिरहेको जनायो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री