प्रधानमन्त्री जोन्सन र उनकी प्रेमिकालाई पुत्र लाभ

लन्डन, (जीएनएन) –ब्रिटिश प्रधान मंत्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी सिमंड्सले आफ्नो सन्तान जन्मिएको जनाएका छन् । कोरोन संक्रमणबाट निको भएर काममा फर्केको २ दिन पछि प्रधानमंत्री जोन्सनले पुत्र लाभ गरेका हुन् । ५५ वर्षीय जोन्सन र ३२ वर्षीय सिमंड्सको औपचारिक विहे हुनभने बांकी नै छ ।

प्रधानमन्त्री जोन्सन तथा उनकी प्रेमिकाकी एक प्रवक्ताले क्यारी सिमंड्सले बुधबार बिहान लन्डनको एक अस्पतालमा शिशुलाई जन्म दिएको बताइन् । आमा तथा शिशु दुवै स्वस्थ रहेको पनि उनले बताइन् । ब्रिटेनका विभिन्न राजनीतिक दलका नेता तथा साम्सदहरुले जोन्सन दम्पतिलाइ बधाई दिएका छन् । प्रधानमन्त्री जोन्सनका दोश्री श्रीमती मेरिना व्हिलरबाट चार छोराछोरी तथा हेलेन म्याकिनटायरबाट एक छोरी छन्। जोन्सनले गत फेव्रुअरी महिनामा आफ्नी श्रीमती मेरिनासंग आफुले पारपाचुके गरेको घोषणा गरेका थिए ।

गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका प्रधानमंत्री जोन्सनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन रातसम्म ‘इन्टेसिभ केयर युनिट’ मा राखिएको थियो । अप्रील १२ मा डिस्चार्ज भए पछि उनले बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमा आराम गरेका थिए । उनी गत सोमबार मात्रै काममा फर्किएका थिए । कोरोनाका सामान्य संकेतहरु देखिए पछि उनकी गर्भवती प्रेमिका पनि स्व-एकान्तवासमा बसेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री