विश्व स्वास्थ्य संगठनको आज बस्ने आकस्मिक बैठकले के गर्ला ?

(रासस/एएनआई) । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक आज बस्दैछ ।

उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले दिनुभएको जानकारीअनुसार आकस्मिक बैठकले विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने छ । उहाँले भन्नुभयो, ‘हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ ।’

आकस्मिक बैठक भर्चुअल स्वरुपमा नै हुने भएको छ ।

यस बीचमा कोविडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन । गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए ।

यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री