प्रवासी नेपाली एकता मंच यूकेद्धारा क्षेत्रिय समिति गठन

लन्डन । प्रवासी नेपाली एकता मंच यूकेले महामारी पीडितका लागि सहयोग जुटाउने सवैलाई धन्यवाद दिएको छ । मंचका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा हालै बसेको अनलाईन कार्यसमिति बैठकमा स्वास्थ्यको समेत ख़तरा मोल्दै रात दिन नभनि निरन्तर खटनु हुने स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गरेको छ । वैठकले विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसबाट बेलायतमा संक्रमित भै अकालमा मृत्यु भएका नेपालीहरूप्रति श्रद्धांजलि समेत अर्पण गरेको छ ।

मंचले संक्रमित विमारी व्यक्तिहरूको शीघ्र सुस्वास्थ्यको कामना गरेको छ । यस बिषम परिस्थितिमा नेपाली दूतावास लगायत बिभिन्न संघ संस्थाको समुदाय प्रतिको सद्भाव र सहयोगको उच्च क़दर वैठकले गरेको छ । संकटकालीन अवस्थामा सक्दो सहयोग पुराउन क्षेत्रगत रूपमा बिभिन्न क्षेत्रमा मंचका जिम्मेवार सदस्यहरूको नेतृत्वमा स्वयंसेवक टीम तयार गरी समुदायमा सहयोग पुर्याउने निर्णय गरेको छ ।

यसका लागि मंचका सम्बन्धित क्षेत्रका सदस्यहरूसंग सल्लाह गरी टीम तयार गर्ने निर्णय भएको जानकारी वैठकले दियो । मंचले भैपरि आउने समस्याको लागि आकस्मिक कोष खडा गर्ने समेत निर्णय समेत गरेको छ । क्षेत्रीय स्तरको यस्तो टीम सर्व प्रथम महामारीबाट बढी प्रभावित क्षेत्र दक्षिण पूर्व लन्डनमा स्थानीय समाजसेवी एवं मंचका कार्यसमिति सदस्य दाशुराम पान्डेको संयोजकत्वमा हाललाई १५ सदस्यीय स्वयंसेवक समिति गठन भएको छ । मंचले सो समिति बिस्तार गर्ने निर्णय गरेको छ । अन्य क्षेत्रहरूमा पनि स्वयंसेवक समिति गठनको तयारी भैरहेको जानकारी मंचका सचिव सुरेश गौतमले दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री