![](https://184.168.121.138/~wenepali/wp-content/uploads/2017/09/Bidhya-Bhandari-.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।