सर्वसाधारणलाई धम्क्याएको आरोप लागेका बेलायती मन्त्रीको जागिर गयो

लण्डन । सर्वसाधारणलाई धम्क्याएको आरोप लागेका बेलायतका व्यापार मन्त्री कोनर बर्न्सले पदबाट राजिनामा दिएका छन् ।

मन्त्री बर्न्समाथि उनका पिता संलग्न एक पारिवारिक लेनदेनको विषयमा सर्वसाधारणलाई धम्क्याएको आरोप लागेको थियो । सो आरोपमाथि संसदीय टोलीले छानविन गर्दा उनले आफ्नो पदको दुरुपयोग गरेको पाइएको थियो ।

उनलाई संसदबाट समेत एक साताका लागि निलम्बन गर्न सिफारिस गरिएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयले उनको स्थानमा पछि पदपूर्ति गरिने बताएको छ ।

मन्त्री बर्न्सले गत फेब्रुअरीमा उनको पितासित ऋण तिर्ने बारे विवादमा रहेका एक सर्वसाधारणलाई सांसदको लेटरप्याडमा पत्र लेखेका थिए । उनले छानविन समितिसित आफ्नो कार्यका लागि क्षमा मागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री