बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपाली ६५ पुगे

corona

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६५ पुगेको छ ।

लण्डनस्थित नेपाली दुताबासले आज बिहान सो जानकारी दिएको हो ।

दुताबासका प्रवक्ता शरदराज आरनका अनुसार कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला छन् । यसरी दिवंगत हुनेहरुमा ५४ जना गोरखा भूतपूर्व सैनिक तथा उनीहरुको परिवारका सदस्य रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा धेरै बेलायतबासी नेपालीहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री