बेलायतमा अलपत्र नेपाली उद्धारको मिति तय, भाडा ९२० पाउण्ड

लण्डन । बेलायतबाट अत्यावश्यक कार्यका लागि नेपाल जानेहरुका लागि जुन २४ र जुन २६ तारिखमा चार्टर्ड फ्लाइट तय भएको छ ।

नेपाली दुताबास लण्डनका अनुसार जजिरा एयरवेजले लण्डन ग्याटविकबाट दिउँसाे २.५० नेपाल उडान गर्ने भएको छ ।

नेपाल जानका लागि भाडादर जनही ९२० पाउण्ड तोकिएको छ ।

नेपाल फर्कन चाहनेहरुको सूचीबाट पहिलो र दोसो उडानमा जाने १५८ जनाको नाम तय गर्ने छ । उनीहरुलाई दुताबासबाट इमेल पठाइने छ । इमेल प्राप्त भएपछि उनीहरुले टिकट काट्न पर्ने छ ।

यसरी नेपाल जान चाहनेहरुले पीसीआर वा आरडिटी परीक्षणबाट कोरोना नरहेको प्रमाण पेश गर्नु पर्नेछ ।

यसरी नेपाल जानेहरुले नेपालमा सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री