कोरोना पीडितलाई बर्न्टओक नेपाली समाजको सहयोग

लन्डन । नेपालमा कोरोना महामारीबाट रोजगारी गुमाएका तथा न्यून आय भएका परिवारहरुलाई बेलायतस्थित एउटा सामाजिक संस्था, बर्न्टओक नेपाली समाजले सहयोग गरेको छ।

“नेपालमा झन्डै तीन महिना लामो लकडाउनका कारण खासगरी दैनिक मजदूरी गर्ने लगायतका परिवारहरुलाई निकै गाह्रो भएको समाचार सुनेपछि हामीले हाम्रो समाजका सदस्यहरुबाट स्वेच्छिक सहयोग उठायौं।  त्यसमा संस्थाको तर्फबाट केहि रकम थपेर नेपाल पठायौं।  नेपालको लोकप्रिय टेलिभिजन प्रसारण कार्यक्रम इन्द्रेणीका संचालक, कृष्ण कंडेल, ले हाम्रो अनुरोधलाई स्वीकार गर्दै हामीले पठाएको सहयोग रकम एकदमै दुख पाएका व्यक्तिहरुलाई वितरण गर्नु भयो,” बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले भने।

अध्यक्ष गुरुङका अनुसार २ हजार २३५ पौण्ड (नेरु ३२८,५४५) भोकभोकै परेका नेपालीहरुलाई वितरण गरिएको छ।

समाजका महासचिव भोला पनेरुले भूकम्पको बेला पनि समाजले नेपालमा भूकम्पपीडितहरुलाई सहयोग गरेको स्मरण गरे।  “हामी आफै कोरोना संक्रमणको उच्च जोखिममा रहेको भएता पनि आफ्नो मातृभूमिप्रतिको दायित्व बोध गर्दै सक्दो सहयोग गरेका हौँ,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री