के छ बेलायतको स‌‌ङ्कटकालिन आर्थिक योजनामा ?

तस्वीर एचओसी

लण्डन । बेलायतका चान्सलर ऋषि सुनाकले कोरोना महामारीपछि बेलायतकाे अर्थतन्त्रलाई जगाउन आज बेलायती स‌ंसदमा २ बिलियन पाउण्डको बेलायतको संकटकालिन आर्थिक योजना प्रस्तुत गरेका छन् ।

उनले फर्लो योजनामा रहेका कामदारलाई काममा फर्काएमा त्यस्ता रोजगारदातालाई प्रतिकामदार सरकारकाले १ हजार पाउण्ड बोनस दिने बताएका छन् । त्यस्ता कामदारलाई कम्पनीले आगामी जनवरीसम्म काम दिनुपर्ने र कम्तीमा मासिक कम्तीमा ५२० पाउण्ड तलव दिनपर्ने बताइएकाो छ । त्यस्तै उनले फर्लो योजना अक्टोबरदेखि नलम्बिने पनि घोषणा गरेका छन् ।

यस्तै, घर जग्गा किन्नेहरुलाई ५ लाख पाउण्डसम्मको घर खरिदमा कर नलाग्ने घोषणा गरेका छन् । यो योजना आगामी मार्च ३१ सम्म रहने बताइएको छ । यसअघि १ लाख २५ हजार पाउण्डसम्मको किनबेचमा यस्तो कर लाग्दैनथ्यो भने पहिलोपटक घर किन्नेहरुलाई ३ लाख पाउण्डसम्मको घर खरिदमा कर लाग्दैनथ्यो ।

यसैगरी सरकारले नयाँ एप्रेन्टिसीप दिएमा त्यस्ता व्यापारिक प्रतिष्ठानले प्रतिव्यक्ति २ हजार पाउण्ड बोनस दिने भएको छ । यस्तै प्रशिक्षार्थी कामदार राख्ने प्रतिष्ठानलाई जनही १ हजार पाउण्ड दिने बताइएको छ ।

हस्पिटालिटी र पर्यटन क्षेत्रमा जुलाईदेखि जनवरीसम्मका लागि १५ प्रतिशत मूल्यअभिवृद्धि कर कटौती गरी ५ प्रतिशतमा झारिएको छ भने रेष्टुरेन्टमा अगष्ट महिनामा सोमबारदेखि बुधबारसम्म खान जानका लागि सरकारले जनही १० पाउण्ड छुट दिने योजना बनाएको छ ।

यस्तै घरमा इन्धन वचत गर्नका लागि इन्सुलेसन गर्न सरकारले दुईतिहाई खर्च ब्यहोरिदिने भएको छ । यस्तो खर्च बढीमा ५ हजार पाउण्डसम्म हुने बताइएको छ भने न्यून आय भएकाहरुको हकमा यस्तो सिलिङ १० हजारसम्म गर्न सकिने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री