बेलायतमा जिम, पौडी, थियटर, व्यूटी सर्भिस खुल्दै

फोटो : सन

लण्डन । बेलायत सरकारले इङल्याण्डमा लेजर सर्भिस र व्यूटि सर्भिसलाई खुला गर्न अनुमति दिएको छ ।

साँस्कृतिक मन्त्री ओलिभर डाउडेनले बिहीबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित कोरोना व्रिफिङमा घरबाहिरका खेलकुद, स्वीमिङ पुल, जीम, नेल बार, टाटुज र व्यूटी पार्लर लगायतलाई खुला गर्ने अनुमति दिएको जानकारी दिएका हुन् ।

बीबीसीका अनुसार त्यस्ता गतिविधि खुला गर्दा सामाजिक दुरी कायम गर्न र सीमिति व्यक्तिलाई प्रवेश गराई गतिविधि अघि बढाउन सरकारले अनिवार्य सर्त राखेको छ ।

आज घोषणा गरिएअनुसार घर बाहिरका स्वीमिङ पुलहरु पर्सि शनिबार ११ जुलाईदेखि खुला हुनेछ यस्नै घरबाहिरको थिएटर, ओपरा, नृत्य र स‌ंगीतका कार्यक्रमहरु पनि सोही दिनदेखि खुला हुनेछ । त्यस्तै, क्रिकेटलगायतका घाँसमा खेलिने खेलहरु पनि यसै सप्ताहन्तबाट शुरु हुनेछन् । ब्यूटी पार्लरहरु, ट्याटू स्टूडियोहरु, स्पाहरु, ट्यानिङ सैलुनहरु सोमबार जुलाई १३ देखि खुला हुनेछन् । घरभित्रका जीम, स्वीमिङ पुल र लिजर सेन्टरहरु भने आगामी २५ जुलाईमा खुला हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री