महासचिव शर्माकै कारण एनआरएनए यूकेको डिजिटल परिचयपत्रमा ढिलाई


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव डा. हेमराज शर्माकै कारण एनआरएनए यूकेका पन्जिकृत सदस्यहरुलाई केन्द्रबाट उपलव्ध गराइने डिजिटल परिचयपत्र ढिलो प्राप्त हुने भएको छ । गत अक्टोबरमा सम्पन्न संघको नवौं सम्मेलनमा बुझाएको विवरण अनुसार महासचिव शर्माले पन्जिकृत सदस्यहरुको रुजु नसक्दा एनआरएनए यूकेका सदस्यहरुले डिजिटल परिचयपत्र ढिलो गरी प्राप्त गर्ने अवस्था आएको हो ।

शर्माले गत अक्टोबरमा प्राप्त विवरण केलाउनुको सट्टा नयाँ नामावली माग गरेको प्रति एनआरएनए यूके पूर्वअध्यक्ष योगकुमार फगामीले आपत्ति जनाए । “नौ महिनाअघि काठमाडौंमा भएको नवौं सम्मेलनमा पन्जिकृत सदस्यहरुका नामावलीसहितको डाटा, ७० लाख ३३ हजार रुपैयाँ रकम संघलाई तिरेर १ सय ८ ३ जना डेलिगेट्ससहित निर्वाचनमा भाग लिएका आएका थियौं,” तत्कालिन अध्यक्ष तथा हाल आईसिसी सदस्य फगामीले भने, “एनआरएनए यूकेले काम गर्न नसकेको जसरी केही अनलाइनमा समाचार आउँदा आश्चर्यमा लागेको छ ।” महासचिव निर्वाचित भएको ९ महिना बित्दा समेत शर्माले काम गर्न नसक्नु उनकै कमजोरी हो त्यसमा त्यसमा को दोष छैन ।विभिन्न अनलाइनमा प्रकासित समाचारलाई लिएर मैले महासचिव शर्मासँग कुरा गरेँ ,फगामीले भने, “अक्टोवरमा प्राप्त विवरणअनुसार चाँडै डिजिटल परिचय पत्र उपलव्ध गराउने आश्वासन शर्माले दिएका छन् ।”

संघले अमेरिकाबाट डिजिटल परिचयपत्र वितरण गरिसकेको छ । इमेलबाट डाउनलोड गर्न सकिने डिजिटल परिचय पत्रका लागि एनआरएनए यूकेले निर्वाचनताका नै सबै विवरणसहित पैसा पठाइसकेको थियो । तैपनि ११ जुलाईसम्म कसैले डिजिटल परिचय पत्र पाएका छैनन् । गत सातादेखि महासचिव शर्माले आफ्नो ‘अक्षमता’ लुकाउन आफू निकट अनलाईनबाट एनआरएनए यूकेले संघको केन्द्रीय सदस्यता प्रणालीमा दर्ता नभएको भनेर गलत समाचार सम्प्रेषण गराइरहेका  छन ।

एनआरएनए युकेका पन्जिकृत सदस्यहरुमध्ये केहीको इमेल आईडी छुटेकोले संघको पत्र प्राप्त भएको यूके महासचिव फडिन्द्र भट्टराईले बताए । उनकाअनुसार आफू महासचिव निर्वाचित भए लगत्तै सबै विवरण संघमा बुझाउनुको साथै पन्जिकृत सदस्यहरुको रकम तिरेर नवौं सम्मेलनमा भाग लिएका थियौं ।  “केही नाम र इमेल छुटेका बारेमा हामी हेरेर चाँडै केन्द्रीय प्रणाली (एमआइएस)मा समावेश गछौं” उनले भने , “तर विवरण नै उपलव्ध नगराएर डिजिटल परिचय पत्र प्राप्त गर्नबाट वन्चित हुने अवस्था भने होइन ।”

संघको एमआईएस सिस्टममा पन्जिकृत सदस्यहरुले प्रवेश पाएपछि एनआरएनए यूके सदस्यहरुले आफ्नो डिजिटल आईडि कार्ड आफ्नो फोनमा डाउनलोड गर्न सक्ने छन् । गैरआवासीय नेपाली संघले चरणबद्ध रुपमा अन्य देशमा पनि परिचयपत्र वितरण गर्ने योजना छ । नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरुको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्छ । संघले सचिव गौरी जोशीको संयोजकत्वमा स्मार्ट एनआरएनए कार्यदल गठन गरेको छ।

संघको डिजिटल परिचयपत्र बाहकले नेपालमा स्वास्थ्य, शिक्षा, क्याटरिङ्ग, बैंकिङ्ग लगायतका क्षेत्रमा भारी छुट पाउने व्यवस्था गरिएको जनाएको छ । यद्यपि संघमा बसेका कतिपय पदाधिकारीहरुकोले व्यक्तिगत विवरण दुरुपयोग गर्ने हुन् कि भनेर धेरैले चिन्ता लिएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री