छोरी भेट्न आएका पिताको बेलायतमा निधन

लण्डन । छोरी-ज्वाइँ भेट्न आएका एक पिताको बेलायतमा निधन भएको छ ।

सुनसरी, इँटहरी घर भएका ७० वर्षीय उद्यमसिंह राईको गत आइतबार ननिटनस्थित जर्ज एलियट अस्पतालनमा निधन भएको स्थानीय ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुले जानकारी दिए ।

उनी पत्नीसहित मार्च १० मा बेलायत आएका थिए । उनी छोरी पिँकी राई लिम्बु र ज्वाइँ हेमराज लिम्बुका साथ ननिटनमा बस्दै आएका थिए । उनलाई मे २५ तारिखका दिन अस्पताल भर्ना गरिएकोमा दुईदिन पछि नै आइसियुमा सारिएको थियो ।

उनको निधन कोभिड १९ बाट भएको भने होइन ।  शरीरका विभिन्न अंगहरुले काम नगरेका कारण उनको मृत्यु भएको बताइएको छ ।

उनको अन्त्येष्ठी जुलाई १५ तारिखका दिन गरिने बताइएको छ ।

उनी भारतीय सेनाका सेवा निवृत्त सुवेदार मेजर थिए । उनी यसअघि सन् २०१७ मा पनि युके आएका थिए ।

उनमा पहिल्यै विभिन्न स्वास्थ्य समस्या रहेका कारण इन्स्योरेन्सले नब्यहोरिँदा उनको उपचारको बिल समेत परिवारले तिर्नपर्ने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री