कोरोना महामारी शुरु भए यताकै सबैभन्दा धेरै संक्रमित

corona

लण्डन । कोरोना महामारी शुरु भएयताकै सबैभन्दा धेरै संक्रमित पाइएका छन् ।

विश्व स्वास्थ्य संगठनले शनिवार जारी गरेकाे विज्ञप्ति अनुसार गत २४ घन्टामा विश्वभर २ लाख ६४ हजार कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यो संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च संक्रमण रहेको संगठनले जनाएको छ ।

खासगरी अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै मानिसहरु संक्रमित भएको पाइएको छ । सो अवधिमा भाइरसका कारण ७ हजार ३६० जनाको निधन भएको छ । याे गत मे १० यताको सबैभन्दा उच्च संख्या हो ।

गत २४ घन्टामा भारतमा मात्र करिब ३५ हजार संक्रमित पाइएका छन् भने अमेरिकामा ७१ हजार बढी छन् । यस्तै ब्राजिलमा ४५ हजार र दक्षिण अफ्रिकामा १३ हजार संक्रमित भेटिएका छन् ।

संगठनले शुक्रबार मात्र विश्वभर कोरोना भाइरसबाट २ लाख ३७ हजार मानिस संक्रमित पाइएको बताएको थियो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार शनिबारसम्ममा १ करोड ४० लाख मानिसहरु संक्रमित भएका छन् भने ६ लाखभन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री