बेलायतद्वारा कोरोनाविरुद्ध बन्ने ९ करोड खोप अग्रिम बुक

लण्डन ।  बेलायत सरकारले कोरोना भाइरसविरुद्ध विकसित गरिन लागेका खोपहरुमा साझेदारीमार्फत उत्पादकसित ९ करोड डोज अग्रिम बुक गरेको छ ।

सरकारले बायोनटेक र पिफाइजरले परीक्षण गरिरहेको खोपको ३ करोड डोज बुक गरेको छ । हाल सो खोपको परीक्षण दोस्रो चरणमा छ ।

यस्तै, भाल्नेभा नामक कम्पनीले उत्पादन गर्न लागेको खोपको ६ करोड डोजका लागि सरकारले बुक गरेको छ । यदि सो खोपको परीक्षण सफल र प्रभावकारी ठहरिएमा थप ४ करोड डोजका लागि पनि सरकारले सम्झौता गरिसकेको छ ।

स्कटल्याण्डमा कारखाना रहेको भाल्नेभाका लागि सरकारले क्लिनिकल परीक्षणका लागि खर्च ब्यहोरिदने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री