अक्सफोर्ड विश्वविद्यालयको कोरोनाविरुद्ध खोपलाई पहिलो चरणमा सफलता

लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोना विरुद्धको खोपलाई पहिलो चरणमा सफलता मिलेको छ ।

सो भ्याक्सिनको मानिसमा गरिएको पहिलो चरणको परीक्षणक नतीजाका बारेमा आज प्रकाशित जर्नल आर्टिकलमा सो खोप दिइएका स्वय‌ंसेवकहरुमा प्रतिरोधात्मक क्षमता बढाउन सो खोप प्रभावकारी देखिएको बताइएको छ ।

सो खोपको परीक्षण बेलायतका ५ वटा अस्पतालमा गत अप्रिल र मे महिनामा गरिएको थियो । पहिलो चरणमा १८ देखि ५५ वर्ष उमेर समूहका १ हजार ७७ जनामा सो खोप लगाइएको थियो ।

ती स्वयंसेवकहरुमा सो खोपले एण्टीबडी र टी सेल विकास गरेको पाइएको छ । टी सेल कोरोनाभाइरसबाट बचाउन महत्वपूर्ण हुन्छ । परीक्षणमा टी सेल ५६ दिनसम्म रहेको पाइएको छ ।

पहिलो चरणको मानव परीक्षणको नतीजा आशलाग्दो भए पनि खोपको विकासका लागि पर्याप्त भने छैन । त्यसैले अझै व्यापक परीक्षणसहित खोपको तेस्रो चरणको परीक्षण अहिले चलिरहेको छ ।

ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काले उत्पादन गर्ने सम्झौता गरेको सो खोपको विकासमा बेलायत सरकारले लगानी गरेको छ भने १० करोड डोजका लागि सम्झौता गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री