बेलायतमा कोरोनाबाट नेपाली महिलाको मृत्यु

लण्डन । कोरोना भाइरसको संक्रमणबाट युकेमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर जिल्ला सदानन्द नगरपालिका-१० साङपाङ माजुवा स्थायी घर भई हाल आसफोर्ड केन्टमा बसोबासरत दादिकी शेर्पा हुनुहुन्छ ।

उहाँलाई उपचारका लागि शनिबार स्थानीय विलियम हार्भे अस्पताल लगिएकोमा आइतबार दिउँसो २:१५ निधन भएको शेर्पा संघ बेलायतका महासचिव रिन्जी शेर्पाले जानकारी दिनुभयो ।

७७ वर्षीय शेर्पालाई कोभिड १९ पोजिटिभ देखिएपछि उपचाररत रहेको पनि महासचिव शेर्पाले बताए ।

दादिकी शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको सासु हुनुहुन्छ । उहाँ केही वर्षदेखि बेलायतमा बसोबास गर्दै आउनुभएको बुझिएको छ ।

अहिले उहाँको परिवार आइसोलेसनमा रहेको बताइएको छ ।

शेर्पा संघ बेलायतले स्वर्गीय शेर्पाप्रति श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री