इङल्याण्डमा मास्क लगाउन अटेर गरे ३ हजार २०० पाउण्डसम्म जरिवाना हुनसक्ने

लण्डन । इङल्याण्डमा मास्क लगाउन पटकपटक अटेर गरेको पाइएमा ३ हजार २०० पाउण्डसम्म जरिवाना गरिने भएको छ ।

विद्यमान नियमअनुसार पहिलोपटक मास्क नलाएमा १०० पाउण्डसम्म जरिवाना हुने गरेको छ तर पटकपटक सो नियमको उल्लंघन गरेको पाइएमा त्यसलाई बढाएर ३ हजार २०० पाउण्डसम्म जरिवाना गर्न सकिने बनाइएको छ ।

यस्तै, गैरकानुनी पार्टी गरेमा १ हजार पाउण्डसम्म जरिवाना हुनेछ ।

यसैगरी, इङल्याण्डमा आजदेखि थियटर, क्यासिनो बलिङ खुल्दैछन् ।

यी क्षेत्रहरु दुई साताअघि नै खोल्ने घोषणा गरिए पनि अन्तिम समयमा सरकारले सरकारले रोकेको थियो ।

यसैगरी ट्याटू स्टूडियो, व्यूटी सैलुन, स्पाहरु पनि आजदेखि खुल्दैछन् भने हेयर ड्रेसरहरुले पनि आइब्रो थ्रेडिङजस्ता अतिरिक्त सेवा दिन पाउनेछन् ।यस्तै, स्केटिङ रिन्क भवनभित्र र बाहिर दुवै खुला हुने छन् भने विवाह समारोहमा ३० जनासम्मलाई भेला हुन अनुमति दिइएको छ ।

यसैगरी भवनभित्र सांगीतिक प्रस्तुति गर्न पाइने छ तर सामाजिक दुरी कायम गर्नपर्ने छ ।

उता सरकारले फ्रान्सबाट इङल्याण्ड आउनेहरुलाई दुई साता क्वारेन्टीनमा बस्न पर्ने नियम लागू गरेको छ ।

यसेगरी नेदरल्याण्डस, मोनाको, माल्टा, टर्कस् एण्ड काइकोज र अरुवाबाट इङल्याण्ड आउनेहरुले पनि दुईसाता क्वारेन्टीनमा बस्नपर्ने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री