सहारा युकेका अध्यक्ष गुरुङलाई पितृशोक

तस्वीर मिलन तमु

लण्डन । सहारा युकेका अध्यक्ष कुमार गुरुङलाई पितृशोक परेको छ ।
अध्यक्ष गुरुङका पिता काजिमान गुरुङको फार्नब्रोस्थित निवासमा शुक्रबार बिहान निधन भएको हो ।
उहाँ ८० वर्षको हुनुहुन्थ्यो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घरभई हाल बेलायतमा बस्दै आएका गुरुङमा लामो समयदेखि स्वास्थ्यमा समस्या रहेको बताइएको छ ।
नेपालमा पोखरा महानगरपालिका बगर सिमपानीमा घर भएका गुरुङ पूर्व ब्रिट्रिश गोरखा सैनिक हुनुहुन्थ्यो । छैटौँ गोरखा राइफल्सका उनको आर्मी नम्बर 21148388 रहेको छ ।
गुरुङको श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।
उनको निधनप्रति सहारा युकेले शोक व्यक्त गरेको छ । संस्थाका महासचिव धनु थकालीले एक सन्देशमार्फत स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री