शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको निधन

लण्डन । शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पाको सोमबार निधन भएको छ ।

५१ वर्षीय शेर्पाको सोमबार दिउँसो १:१५ बजे लण्डनको सेन्ट थोमसेज हस्पिटलमा निधन भएको शेर्पा संघ बेलायतका पूर्व महासचिव तथा पारिवारिक सदस्य योन्तेन ग्याछोले जानकारी दिनुभयो ।

उहाँ अस्वस्थ हुनुभएपछि आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना हुनुभएको थियो । शुरुमा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । पछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो ।

पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गर्नुभएको थियो। उहाँको आर्मी नम्बर २११६८३६३ रहेको छ ।

उहाँ शेर्पा संघ युकेको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँको पुर्ख्यौली घर भोजपुर जिल्ला षडानन्द नगरपालिका किमालुङ रहेको थियो ।

उहाँ ३ छोरा र श्रीमतीका साथ बेलायतको आसफोर्डमा बसोबास गर्दै आउनुभएको थियो ।

यसअघि उहाँको सासुको पनि गत महिना निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री